April 19, 2026
Trending
Follow Us :

एनआरएनए महिला नेतृत्वको टोलीद्वारा मन्त्री सीता बादीसँग भेट, सडक बालबालिका परियोजना र महिला विश्व सम्मेलनबारे छलफल

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा  प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग भेटघाट गरेको छ।

भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको प्रगति र प्रभावबारे मन्त्री बादीलाई जानकारी गराएको थियो। उक्त परियोजनामार्फत सडकबाट उद्धार गरिएका ५० जना बालबालिकाको संरक्षण, शिक्षा तथा पुनर्स्थापनामा सहयोग उपलब्ध गराइएको जनाइएको छ।

यसैगरी, आगामी महिला विश्व सम्मेलनको तयारीका सम्बन्धमा पनि प्रतिनिधिमण्डलले विस्तृत जानकारी गराएको थियो। सम्मेलनलाई सफल बनाउन भइरहेको तयारी र अपेक्षित अन्तर्राष्ट्रिय सहभागिताबारे समेत जानकारी प्रस्तुत गरिएको थियो।

भेटमा मन्त्री बादीले संघका गतिविधिहरूको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा सञ्चालन गरिने कार्यक्रमहरूमा सहकार्यलाई अझ सुदृढ बनाइने उल्लेख गर्नुभयो।

उक्त भेटमा उपाध्यक्ष रोजिना प्रधान राई, महिला संयोजक रश्मि थापा, युरोप क्षेत्रीय महिला संयोजक राधा सिग्देल, एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक संगीता सुबेदी अधिकारी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्रलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.