हरि ढकाल “राज्य व्यवस्था तथा सुशासन” समितिको सभापतिमा निर्वाचित, सन्तोष दाहालद्वारा बधाई
काठमाडौं — “राज्य व्यवस्था तथा सुशासन” सम्बन्धी संसदीय समितिको सभापतिमा माननीय हरि ढकाल निर्वाचित हुनु भएको छ। उहाँको यस महत्वपूर्ण जिम्मेवारीमा चयनसँगै विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ।
यसै क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका वरिष्ठ उपाध्यक्ष तथा नेपाल थट्स क्यानडाका सल्लाहकार सन्तोष दाहालले हरि ढकाललाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। उहाँले आफ्नो शुभकामना सन्देशमार्फत ढकालको कार्यकाल सफल रहोस् र देशमा सुशासन, पारदर्शिता तथा प्रभावकारी शासन प्रणाली सुदृढ बनाउन उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
दाहालले नयाँ नेतृत्वले जनअपेक्षा अनुरूप काम गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभएको छ।